Sunday, September 27, 2009

कसरी जाने

पाथीभरा धाममा कसरी जाने ?

पाथीभरा निक्कै उचाईमा (३७९४ मी) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरुले लेकलाग्ने विमार (High Altitude Sickness) र (Hypothermia) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरु साथै लगे झनै वेश हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कात्तिक महिनासम्मको अवधि नितान्तै उपयुक्त हुने कुरा सिफारिश गर्न सकिन्छ ।

जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ ।

हवाई मार्ग

काठमाडौं — ताप्लेजुङ (सुकेटार) हप्‍ताको १ उडान

विराटनगर — ताप्लेजुङ (सुकेटार) हप्‍ताको ४ उडान

सडक मार्ग (२३७ कि.मी.)

बिर्तामोड — ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै (बस तथा जीपसेवा)

पैदल यात्रा

(धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ (फुङ्गलिङ) २ दिन

1 comment:

  1. म पाथीभारा एक पटक आको छु भाग्यले साथ दे फेरि एक पटक आउने छु श्री पाथिभरा देवीकी जय!!

    ReplyDelete